एकीकृत समाजवादीको प्रदेश–१ संसदीय दलको नेतामा राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको छ । संसदीय दलको बैठकबाट राई नेकपा एकीकृत समाजवादी प्रदेशको संसदीय दलको नेताको रूपमा चयन भएका हुन् ।

दलको नेता चयन गरेको पत्र सोमबार प्रदेशसभालाई जानकारी दिएको छ ।
समाजवादी दलको तर्फबाट सावित्रा कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र हस्तान्तरण गरेकी हुन् ।
दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकले चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताए ।