चुरोट, सुर्ती, खैनीमा लाग्ने कर बढ्यो

सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । कर बढाएसँगै सुर्तीजन्य वस्तुको मूल्य बढ्ने भएको छ ।
आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थप गरेको हो ।

अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रतिखिल्ली ३० पैसा स्वास्थ्य जोखिम कर उठाइने छ । यसअघि यस्तो कर २५ पैसा थियो ।
चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा स्वास्थ्य जोखिम कर लाग्ने भएको छ । यसअघि यस्तो कर ५० पैसा थियो । सरकारले तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलोग्राम ६० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाएको छ । यसअघि यस्तो कर प्रतिकिलो ४० रुपैयाँ रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकले यस्तो व्यवस्था गरेको हो ।