नोबेलमा प्रदेश १ मै पहिलो पटक मृगौला प्रत्यारोपण

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर ।

मोरङ विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ । काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको बताए ।

अस्पतालले सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण गरेको हो । अस्पतालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गरेका थिए । बिरामी भुर्तेलले डेढवर्ष मृगौला डाइलासिस गराउँदै आएका थिए ।