ब्राउनसुगरसहित झापाबाट एक पक्राउ

झापा ।
झापाबाट प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ पर्नेमा भद्रपुर ८ बस्ने २२ वर्षिय सुमन तामाङ रहेका छन ।

आइतबार दिउँसो ३ बजे भद्रपुर ८ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १५ ग्राम ७ सय मिलिग्राम सहित पक्राउ गरेको जिल्लाका डिएसपी राकेश थापाले बताए ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थापाले जानकारी दिए ।