परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको छ । पीसीआर र एण्टिजेन गरी ९ हजार ८ सय ४० जनामा कोरोना परीक्षण गर्दा जम्मा नौ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।
यस्तै २४ घण्टामा एक हजार तीन सय ६८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाले ज्यान गुमाएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ३६ जना पुगेको छ ।
नेपालमा अहिले २७ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेकोमा चार सय ५६ जनाको आईसीयू र एक सय २२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।