पहिचान नखुलेको पुरूष ब्यक्ति मृत फेला

बिराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका बसपार्क अगाडि पहिचान नखुलेको पुरूष ब्यक्ति मृत फेला परेका छन । कोशी लोक राजमार्गको पुर्व पट्टिको सडक पेटिमा शुक्रबार पहिचान नखुलेको अन्दाजी बर्ष ४०÷४५ को सेतो सेण्डो गन्जी लगाएको, कालोमा पहेलो धर्का भएको हाफपाईन्ट र हरियो चपल लगाएका पुरुष मानिस मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
हाल उक्त मृत ब्यक्ति कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको साथै सम्बन्धित आफन्तजनले सम्पर्क राख्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ ।