पोखरीमा डुबेर एकजनाको मृत्यु

सप्तरी ।
सप्तरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डल छारे रोगको बिरामी रहेको बुझिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।