मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाइ हरायो

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २–१ ले पराजित गरेको हो ।
नेपालका लागी फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेका छन । सबिताले खेलको १३ औं मिनेटमा र प्रीतिले २३ औँ मिनेटमा नेपालका लागि गोल गरे ।
८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् ।
पछि खेलमा थप गोल हुन नसक्दा नेपाल बिजयी भयो ।
दोस्रो मैत्रीपुर्ण खेल दोस्रो खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।