भरूवा बन्दुक उत्पादन र वन्यजन्तुको शिकार गर्ने बेलबारीबाट पक्राउ

बेलबारी ।
मोरङको बेलबारी १ बाट अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने एक पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं.–१ बस्ने बर्ष ५२ का आश बहादुर लिम्बु रहेका छन ।

लिम्बुले घरैमा अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले लोड गरि राखेको भरुवा बन्दुक १ थान सहित हतियार बनाउन प्रयोग गरिने उपकरण सहित पक्राउ गरेको हो ।
लिम्बुको साथबाट भरुवा बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बिष्फोटक पदार्थ (बारुद) अन्दाजी १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान, फलामको काजो ३ थान, बसिला १ थान ,राबो १ थान, हतौडा १ थान, आरा १ थान, गृमिट १ थान र रेन्ची ४ थान बरामत गरेको इलका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।
हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ कसूरमा मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।