ब्राउन सुगर सहित एक जना पक्राउ

झापा ।
झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।