कांग्रेस बेलबारी ४ बाट सर्वसम्मत नेतृत्व चयनको सुरुवात,वडासभातिमा इन्द्र राई

आसन्न १४ औँ महाधिबेशन अन्तर्गत हुने वडाअधिवेसनमा नेपाली कांग्रेस बेलबारी वडानम्बर ४ ले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको छ । वडामा सोमबार भएको भेलाले ईन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति निर्माण गर्ने सर्बसम्मतले निर्णय गरेको हो । उक्त निर्णय अनुसार वडा उपसभापतिमा शेरबहादुर थापा,पुर्ण राई,सचिवमा मोहन पौडेल र नारायण मिश्र सहसचिबमा दुईन कुमार थापामगर,प्रदिप खवास लगायत रहनेछन् ।

यसैगरी क्षेत्रिय प्रतिनिधि चयन पनि सर्वसम्मतिमै गर्ने निर्णय भएको छ । सहमति अनुसार अब क्षेत्रीय प्रतिनिधिहरुमा खुल्लातर्फ डम्बर बस्नेत,राजेन्द्र अधिकारी,रामहरी कोइराला,शम्भु भट्टराई,दिनेश सुवेदी,आदिवासी जनजाति तर्फबाट चन्द्र लिम्बु (लुङगा),रामकाजी राई,जिवन राई,महिला तर्फबाट इन्दिरा कार्की,सरिता बस्नेत,सिता गुरुङ लगायत २५ जना चयन हुनेछन् ।
वडामा सर्बसम्मत नेतृत्वको पहल गर्न गत भदौ १७ गते भएको भेलाले रामहरी कोईराला संयोजक र राजेन्द्र अधिकारी सहसंयोजक रहेको कार्यदल बनाएको थियो । कार्यदलको निरन्तर प्रयास र मेहनतपछि सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको सहसंयोजक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।