संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा ।
संखुवासभा जिल्लाको मादि नगरपालिका १ उमलिङ स्थितमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् ।
सोमबार बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् ।
घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।