दुईतिहाइ नेपालीमा कोभिड–१९ एन्टिबडी

दुईतिहाइ नेपालीमा कोभिड–१९ एन्टिबडी बनेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभ्यालेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको जानकारी दिएको छ ।
कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो । सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।