आजदेखि मौसममा केही सुधार हुने

आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । न्यून चापीय रेखा शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।

केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।
लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा पहिरो, बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।