प्रतिबन्धित औषधी सहित बिराटनगरबाट १ पक्राउ

मोरङ । विराटनगर महानगरपालिका १२ बखरीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट इफीकेक्स ५ कार्टुन ( प्रति कार्टुन ७२ पिस, माइक्रोसोट १ कार्टुन (१८ पिस) , एन बीमेलोक्स ७ कार्टुन ( प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अलीलाई बुधबार औषधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।