बेलबारीमा २४ सहित प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण

बेलबारी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र मिक्लाजुङमा ३–३, लेटाङ, ग्रामथान र पथरीशनिश्चरेमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४–४, इनरुवामा २, झापाको दमकमाम ५९, भद्रपुरमा ८, विर्तामोडमा ७, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, गौरादह र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २–२, चौवीसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुक र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५५४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।