बेलबारीको सगरमाथा ईङिलस स्कुलले कक्षा ११ सन्चालन गर्ने

मोरङको बेलबारी नगरपालिका १ मा अवस्थित सगरमाथा ईङिलस स्कुलले कक्षा ११ सन्चालन गर्ने भएको छ । स्कुलले यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा कक्षा ११ सन्चालन गर्न लागेको हो ।
बुधबार बिहान आयोजित स्वागत तथा परिचय कार्यक्रममा बिद्यालयका प्रिन्सिपल ईरान राईले बिद्यालयमा यसै बर्षदेखि कक्षा ११ मा ब्यबस्थापन बिषयमा पठनपाठन शुरु गर्ने तयारीमा आफुहरु जुटेको जानकारी दिए । उनले कक्षा ११ मा बिद्यार्थीहरु धमाधम भर्ना भईरहेको र ३० जनाको भर्ना लिने समेत जनाए ।
कार्यक्रममा बिद्यार्थीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक लेख बहादुर धिमाल, अभिभावक संघका अध्यक्ष कृष्ण गुरु लगायतले बोलेका थिए ।
बिद्यालयका निर्देशक धिमालको सभापतित्वमा भएको कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो । बि.स २०५२ सालमा स्थापना भएको बिद्यालयको उद्देश्य दक्ष जनसक्ति उत्पादन गर्ने रहेको प्रिन्सिपल राईले बताए ।