उर्लाबारीमा करेन्ट लागेर एकको मृत्यु

मोरङको उर्लाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि जोगीको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।