बिजुलीको पोलमा मोटरसाइकल ठोकिदाँ उदयपुरमा एकको मृत्यु

उदयपुरमा मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ३२ बर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका ३ लच्का स्थित कदमा–गाईघाट सडक खण्डमा गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको प्र१००–५००१प३७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ राई गम्भिर घाईते भएका भएका थिए ।
राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।