संखुवासभामा अफिम सहित एक पक्राउ

संखुवासभा खाँदवारी नगरपालिका –७ का ६९ बर्षीय जय चापागाई लागूऔषध अफिम सहित पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।