बेलबारीका छट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित २ पक्राउ

मोरङ जिल्लाको बेलबारीका छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाई दिए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।