उदयपुरमा भिरबाट लडेर एकको मृत्यु

उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार पुवारे भंज्याङ गएका मगर बिहिबार बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा फेला पारेका थिए । घटनाको आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।