भ्रष्टाचार मुद्दामा फरार व्यक्ति सिराहाबाट पक्राउ

भ्रष्टाचार मुद्दामा अदालतबाट कैद र सजाय तोकिएपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ । सिराहाकै नागेन्द्रकुमार यादव पक्राउ परेका हुन ।

सिराहा जिल्ला अदालतबाट २०७० साल असार ३१ गते भ्रष्टाचार मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
४६ बर्षीय यादवलाई लहान नगरपालिका २ बाट इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यादवलाई भ्रष्टाचार मुद्दामा अदालतले १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।