लुम्बिनी प्रदेशले आज नयाँ सरकार पाउने

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।

कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गर्ने सहमति छ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ ।

अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ ।
लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् ।
प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।