सुनसरीमा बन्दै गरेको नया घरको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जनाको मृत्यु भएको छ । कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारीको घटनास्थलमानै मृत्यु भएको हो ।
सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।