सुन्दरहरैचाबाट गाँजा सहित सफारी चालक पक्राउ

मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरेको हो ।
सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।