द भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् ।

किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।