मेस्सीले बार्सिलोनाबाट आज औपचारिक विदाई लिने

लिओनल मेस्सीले बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा विदाई लिने भएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले बिदाइ लिनेछन् ।

पत्रकार सम्मेलनमा उनी परिवारका केहि सदस्यका साथ उपस्थित हुने बताइएको छ ।

नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी गत सिजनको अन्त्यसँगै मेस्सीले बार्सिलोना छाड्न चाहेका थिए ।
पछि क्लबसँग विवाद नबडाउनका लागि मेस्सी बस्न तयार भएका थिए । गत सिजनको अन्त्यसँग उनको सम्झौता टुंगिएको थियो । नयाँ व्यवस्थापन आएसँगै मेस्सीको सम्बन्धमा पनि सुधार आएको थियो । तर आर्थिक रुपमा निकै घाटामा रहेको बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने अवस्था रहेन ।

सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ।