बसको ठक्करबाट मोटरसाईकलमा सवार एकको मृत्यु

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।

धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश–१ –०२–०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।