६ लेन सडकको मापदण्ड एउटै बनाउन माग गर्दै ज्ञापनपत्र

इटहरीः रानी– किमाथाङ्का ६ लेन सडकको इटहरीमा पर्ने क्षेत्रमा मापदण्डविपरीत भएको र त्यसमा एकरुपता कायम हुनुपर्ने भन्दै इटहरीका युवाले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । ६ लेन सडक बिस्तार आयोजनाले ८२ फुट सडक निर्माण गर्नुपर्नेमा इटहरीको मुख्य चोक आसपासमा ५५ फिट मात्र सडक चौडा गरेको छ ।
शनिबार बनेको २ सय १ सदस्यीय सङ्घर्ष समितिले आइतबार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापनपत्र बुझाएको छ । आयोजनाले सडक एकैनासले बनेको भनी सार्वजनिक अभिव्यक्ति दिएको भनेको हुनाले त्यसको सर्वपक्षीय अनुगमन गर्न उपमहानगरपालिकालाई आग्रह गरिएको छ ।