ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको हो ।
प्रहरीले उनिहरुलाई अटो सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।