दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु

उदयपुरमा दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमणबाट स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।
दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

गाईघाट–फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।