सिंहदेवी युवा समूह भवन निर्माणको आय व्यय सार्वजनिक

बेलबारी । सिंहदेवी युवा समूहको अधुरो भवन निर्माण उपभोक्ता समितिले आय व्यय सार्वजनिक गरेको छ । बेलबारी २ मा अवस्थित समूहको भवन निर्माण सम्पन्न भएपछि समितिले आय व्यय सार्वजनिक गरेको हो ।
शनिबार आय व्यय सार्वजनिक कार्यक्रममा उपभोक्ता समिति कोषाध्यक्षको तर्फबाट सचिव बिमल निरौलाले आय व्यय प्रस्तुत गरेका थिए । बेलबारी नगरपालिकाको ५ लाख २७ हजार र समुहको ५० हजार गरि जम्मा ५ लाख ७७ हजार आय भएको मध्ये ३३ हजार ६ सय ३२ बचत रहेको र अन्य रकम भवन निर्माणमा खर्च भएको छ ।
पहिलो चरणको भवन निर्माणमा प्रदेश सभा सदस्य लोक प्रसाद संग्रौलालद्वारा संसद कोषबाट ३ लाख प्राप्त भएको निर्माण समिति अध्यक्ष मनोज भण्डारीले बताए । निर्माण समितिले कार्यक्रममा तयार भएको भवन समूहका अध्यक्ष तिर्थराज नेउपानेलाई हस्तान्तरण गरेको थियो ।