पहिलो चरण पार नगरी नेपालको ओलम्पिक यात्रा समाप्त

सहभागितामानै सिमित रहदै नेपालको ओलम्पिक यात्रा सकिएको छ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएसँगै जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको हो ।

महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् । ३२औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमा ३ खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए ।

सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि नेपालले कुनै पनि प्रतिस्पर्धामा पहिलो चरण पार गर्न सकेन ।