सात वर्षीया बालिकालाई करणी अभियोगमा धनकुटाबाट एक पक्राउ

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटामा एक पक्राउ परेका छन ।
पाख्रीबास नगरपालिका–३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।