आज देशभर कर दिवस मनाइँदै

बिराटचोक
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन आज देशभर कर दिवस मनाइँदैछ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको छ । ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नारामा यस वर्षको कर दिवस मनाउन लागिएको हो ।  आन्तरिक राजस्व विभागले आजदेखि एक सप्ताहसम्म करसम्बन्धी विविध कार्यक्रम गर्ने भएको छ ।
कर सप्ताहको अवधिभर करका विषयमा नीतिगत एवं व्यवहारिक पाटामा छलफल एवं अन्तक्र्रिया गरिने विभागले जानएको छ । निजी क्षेत्रका छाता संस्थाले करसँग सम्बन्धित रहेर बहस चलाउने भएका छन् ।
२०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको मंसिर १ गतेलाई कर दिवस मनाउने निर्णय गरेको थियो ।