६ किलो गहना र ७ लाख ३० हजारसहित एक व्यक्ति पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाले भारतको जयनगरबाट नेपाल ल्याउँदै गरेको ६ किलो चोरीका गरहगहना र नेपाली रुपैयाँ ७ लाख ३० हजार एक सयसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा बस्ने अन्दाजी ४८ वर्षीय अजय गुप्ता छन् । उनलाई जनकपुर उपमहानरपालिका–२५ लोहनाबाट पक्राउ गरिएको हो । सो गणका गणपति एसपी राजेश उप्रेतीले निजले आफ्नो शरीरमा कपडाले बेरी अवैध रुपले ती सामान र नगद नेपाल ल्याउँदै गर्दा बीओपी डेवडियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रञ्जित तिवारी नेतृत्वको टोलीले पक्राउ गरेको बताए । उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि जनकपुर भन्सार कार्यालय बुझाइने गणपति उप्रेतीले बताए ।