वेतना सिमसारका अध्यक्ष बस्नेत पर्यापर्यटन राष्टिय सन्जालको महासचिवमा चयन

मोरङ बेलबरीमा अवस्थित वेतना सिमसार सामुदायिक बनका अध्यक्ष डम्बर बस्नेत सामुदायिक वन उद्यम तथा पर्यापर्यटन राष्टिय सन्जाल केन्द्रिय समितिको महासचिवमा चयन भएका छन । असार ३० गते बसेको बन तथा भुसंरक्षण बिभाग सामुदायिक वन अध्ययन केन्द्रको बैठकले सुदर्शन सिक्देलको अध्यक्षतामा २५ सदसिय समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा पुरुष तर्फ नवलपुरका मणि भुषाल महिलातर्फ कास्किकि रमा त्रिपाठी चयन भएका छन । उपाध्यक्ष तथा प्रदेश संयोजकहरुमा प्रदेश १ बाट झापाका ख्याम सिटौला, प्रदेश २ बाट रौतहटका जितेन्द्र चौधरी, बागमति प्रदेशबाट चितवनका सुरबिर पोख्रेल, गण्डकी प्रदेशबाट नवलपुरकी विमला ज्ञावाली सापकोटा, लुम्बीनीबाट रुपन्देहीका नारायण घिमिरे, कर्णालीबाट सुर्खेतका बिर्खबहादुर बडुवाल, सुदुरपश्चिमबाट धनगढिका चक्र बिष्ट चयन भएका छन ।
सचिवमा पुरुषतर्फ काठमाण्डौका राजकुमार केशी महिला तर्फ चितवनका बिश्णु सापकोटा चयन भएका छन । त्यसैगरी कोषाध्यक्षमा मोरङका निर्मला चौहान सहकोषाध्यक्षमा पाल्पाका सुनिता शर्मा चयन भएका छन । सचिवालय सदस्यमा इलामका हेम कुमारी दाहाल, मकवानपुरका नानीमाया रुम्ता, धनगढीका कविराज जोशी, सुर्खेतका नरबहादुर सिजापति, कपिलबस्तुबाट दिपक थापा, दोलखा बाट इश्वर थापा, तनहुबाट रामदेव पन्थ, गुल्मीबाट हरिप्रसाद खनाल, सुर्खेतबाट मीना आचार्य, धनगढीबाट हरी बिष्ट चयन भएका छन ।