मोटरसाइकललाई ठक्कर दिई फरार ट्रक चालक पक्राउ

मोरङमा मोटरसाइकललाई ठक्कर दिइर फरार भएका ट्रक चालक पक्राउ परेका छन । विराटनगर महानगरपालिका–५ बिद्युत अफिसस्थित सडकमा को.४ प २३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई फरार रहेका को.१ क १३३३ नम्बरको ट्रकका चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँ बस्ने २८ वर्षीय रामशरण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त सडकमा मोटरसाईकलमाथि साउन ४ गते मोरङ विराटनगर महानगरपालिका–५ बस्ने ६७ वर्षीय सुदर्शन न्यौपाने मृत फेला परेको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले राईले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा न्यौपानेको मृत्यु भएको खुल्न आएपश्चात राईलाई उक्त ट्रक सहित पक्राउ गरेको हो ।
उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।