संखुवासभामा लडेर एक जनाको मृत्यु

संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई स्वास्थ्ये चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकेर जाँदा बाटो साधुरो भएकोले आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।