सबै नागरिकलाई कोरोना खोप दिने वाचा पूरा गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोप पु¥याउन गरेको वाचा पूरा गरी छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पु¥याउने प्रतिबद्धता जनाउनुभएको हो ।
प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै देउवाले भन्नुभयो कोरोना खोप सरकारको प्राथमिकता हो । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पु¥याउन छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु देउवाले भन्नुभयो ।