बोयर काण्ड नसेलाउदै क्याम्पस प्रमुख नियुक्तिले बेलबारीका मेयर बिबादमा

बेलबारी बहुमुखी क्यामपसमा बहालवाला निजामती कर्मचारीलाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिरोध गरेको छ ।
नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले बिज्ञप्तिमार्फत सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन तथा सम्बन्धित निकायसम्म जाने उल्लेख गरेको छ ।
साउन ४ गते बसेको क्याम्पस सन्चालक समितिको निर्णय अनुसार क्याम्पसलाई विबादमा ल्याउने उद्देश्य सहित बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएकाले नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको गम्भिर ध्यानाकर्षण भएको सभापति सुजन अधिकारीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोइरालाले क्याम्पसलाई समय दिन नसक्ने र दोहोरो सुविधामात्र उपयोग गर्नेगरी गरिएको सन्चालक समितिको निर्णयप्रति नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिको गम्भिर प्रश्न भन्दै कसरी कुन तरिका र कुन द्वारबाट नियुक्ति गरियो ? नियुक्ति गर्ने आधार के हो ? अधिकार कस्ले दियो ? सोधेको छ ।
दुई बर्ष अघि नगरपालिका शिक्षा शाखा प्रमुखको रुपमा आएका कोइरालाले शैक्षिक क्षेत्रमा सुधार गर्ने भन्दै सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुलाई निजि बिद्यालयहरुमा पढाउन नपाउने पढाए कारबाही गर्ने प्र. अ. को बैठकमा भन्दै आएका थिए । तर हाल आफै शिक्षा नियामावलिको धज्जी उडाउदै दोहोरो सुविधा लिदै मेयर ज्ञानेन्द्र सुवदीलाई हातमा लिएर सुटुक्क बेलबारी क्याम्पस प्रमुखमा नियुक्ति हुनु आफैमा नैतिकहिन, कानुनको बर्खिलाप गर्नु भन्दै बेलबारीका बिद्यालयका प्र.अ.हरुले आपत्ति जनाएका छन ।
एक प्र.अ. ले सुकुना बहुमुखी क्याम्पसमा लक्ष्मी श्रेष्ठ क्याम्पस प्रमुख हुँदा दोहो सुविधा लिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गर्दा श्रेष्ठले क्याम्पसबाट राजिनामा दिएर विद्यालयमै फर्केका र जनता क्याम्पस इटहरीमा पनि दोहोरो सुविधा लिएको भन्दै क्याम्पस प्रमुखले राजिनामा दिनुपरेको बताए । बेलबारीका शैक्षिक क्षेत्रका अगुवाहरुले कोइरालाको नियुक्तिको सर्वत्र विरोध गरेका छन ।
बेलबारी नगरपालिकाका मेयर सुवेदी नै क्याम्पसका अध्यक्ष भएको ठाउमानै हेपाहा प्रवित्तिले ठाडो कोइरालालाई नियुक्ति गर्नु र कानुन विपरित नियुक्ति गर्नु आपत्तिजनक रहेको नेपाली काँग्रेस बेलबारी नगर सचिव उपेन्द्र सुवेदीले बताए । उनले भने दोहोरो सुविधा लिन कानुनले बन्देज गरेको छ यदि क्याम्पस प्रमुख हुने भए नेपाल सरकारको जागिरबाट राजिनामा दिएर आउदा हुन्छ । हामिले ब्यक्तिको बिरोध गरेका होइनौ प्रबृत्तिको विरोध गरेका हौ नगर सचिव सुवेदीले भने ।