सुनिल शर्माले किने नेपालगन्ज मेडिकल कलेज

सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेज खरिद गरेका छन् । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले मेडिकल कलेज बिक्री भएको बताए ।
नेपालगन्ज मेडिकल कलेज खरिद गर्ने शर्मा नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक हुन् ।
‘मेडिकल कलेजमा रहेको हाम्रो शेयर बिक्री गरिसक्यौं, अब कलेज सुनिल जी ले चलाउनुहुन्छ’ प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने । नेपालगन्ज मेडिकल कलेजमा कनोडिया ग्रुपको बर्चश्व शेयर रहेको थियो ।
नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ । करिब १४ सय कर्मचारी रहेको नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् ।