मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका–१ मा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५९९० नंम्बरको मोटरसाईकलले पैदलयात्री गौरादह नगरपालिका–३ का ७२ बर्षीय चेत बहादुर दाहाललाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते भएका दाहालको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसनधान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।