भ्रूणहत्या गरेको आरोपमा एक पक्राउ

भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् ।
जैमिनी–१० की २६ वर्षीया युवतीमाथि अवैध गर्भधारण पछि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।