एमालेको केन्द्रीय कमिटी बैठक सोमबार

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।
शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।
शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।