कांग्रेस संसदीय दलको बैठक आज

नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
सर्वाेच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।
सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।