जयनगर–जनकपुर रेल्वे ट्र्याकमा आज ‘स्पीड’ परीक्षण

जयनगर–जनकपुर रेल्वे ट्र्याकमा आज ‘स्पीड’ परीक्षण गरिने भएको छ । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको हो ।
जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गर्नुभएको छ । ट्र्याक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ ।