ब्राउनसुगर सहित १ जना पक्राउ

झापा जिल्लाको भद्रपुर नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–३ का २२ बर्षीय चन्दन रजकलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित देउनिया पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।