नेपालले महिला भलिबल च्याम्पियनसिप नखेल्ने

काठमाडौं । नेपालले एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन ।
यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।
नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जानकारी भने थाहा नभएको बताइन् । पछिल्लो समय बढ्दो दरमा रहेको कोरोना भाइरसको संक्रमणका कारण नेपाललाई समावेश नगरिएको हुन सक्ने सम्भावना छ ।
एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुनेछ ।